‘लकडाउन विथ सनी’ लिएर आइन् सनी लियोनी, अब यसरी गराउँनेछिन् दर्शकलाई रमाइलो



एजेन्सी : कोरोना भाइरसका कारण देशमा लकडाउन भएको समयमा अभिनेत्री सनी लियोनीले इन्स्टाग्राममा च्याट शोको सुरुवात गरेकी छिन् । उनले आफ्नो च्याट शोको नाम ‘लकडाउन विथ सनी’ राखेकी छिन् । उनी उक्त च्याट शोमा विभिन्न क्षेत्रका प्रसिद्ध व्यक्तिहरुसँग कुराकानी गर्ने छिन् ।

उनको च्याट शोमा डब्बु रत्नानी र मन्दाना करीमी पनि सहभागी हुनेछन् । पहिलो शोमा उनले अनीशा दीक्षितलाई अनलाइनको पाहुना बनाएकी थिइन् ।

सनीले भनेकी छिन्, ‘इन्स्टामा प्रशंसकहरु र अन्य व्यक्तिहरुसँग रमाइलो गर्ने तरिका मेरो हो । यसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग हल्का कुराकानी र रमाइलो गर्ने गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्