चलचित्रका प्राविधिकहरूलाई दिपकराजको टिमले गरे १ लाख १० हजार सहयोग



काठमाडौं– कोरोना भाइरसबाट बच्नको लागि नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । केही दिन देखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउएका छैनन् । यसको प्रत्यक्ष अप्रत्यक्ष असर सबै क्षेत्रमा परेको छ । यो विषम परिस्थितिको असर चलचित्र क्षेत्रलाई पनि परिरहेको छ । चलचित्र क्षेत्रमा सबैभन्दा बढि मारमा प्राविधिकहरु परेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका चलचित्रका प्राविधिकहरु यतिखेर समस्यामा रहेका छन् । यसलाई मध्य नजर गर्दै कलाकार्मीहरुले राहतका लागि अभियान शुरु गर्ने तयारी गरेका छन् ।

यसको शुरुवात कलाकार तथा निर्माता दिपक राज गिरीले गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोष्ट गदै चलचित्रका प्राविधिकहरुलाई राहत वितरण गर्नुपर्ने भएकोले आफ्नो टिमबाट १ लाख दश हजार सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्