अभिनेत्री साम्राज्ञीले अब वर्षमा एउटा मात्र चलचित्र गर्ने



काठमाडौं : यतिबेला आम सर्वसाधारण मात्र होइन्, नेपाली सेलिब्रेटीहरु पनि कोरोनाको त्रासमा बाँचिरहेका छन् । सबै कलाकारहरु सेल्फ क्वारेन्टाइनमा सुरक्षित बसिरहेका छन् । त्यस्तै नायिका साम्राज्ञी पनि आफ्नो परिवारसँग होम क्वारेन्टाइनमा बस्दै आएकी छन् ।

सामाजिक सञ्जालको माध्यमबाट आफ्ना शुभचिन्तकलाई विशेष सावधानी अपनाएर घरमै सुरक्षित भएर बस्न समेत आग्रह गर्दै आएकी छन् । साथमा आफूले घरमा गरेका विभिन्न क्रियाकलापका तस्वीर तथा भिडियो क्लिपहरु सामाजिक सञ्जालमा शेयर समेत गर्दै आएकी छन् । साम्राज्ञीले बुधवार आफ्ना प्रशंसकहरुको केही जिज्ञासाको उत्तर पनि फर्काइन । एक फ्यानले नयाँ चलचित्रको बारेमा सोधेको प्रश्नमा उनले अहिले आफूले कुनै चलचित्र साइन नगरेको र अब वर्षमा एउटा मात्र फिल्म गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्