अभिनेता पल शाहद्वारा चलचित्र प्राविधिकहरुलाई पाँच लाख सहयोग



काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनाभाइरसको प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ । यो विषम परिस्थितिको असर चलचित्र क्षेत्रलाई पनि परिरहेको छ । चलचित्र क्षेत्रमा सबैभन्दा बढि मारमा प्राविधिकहरु परेका छन् । केही कलाकार निमार्ताहरुले सहयोगका हातहरु अघि बडाइरहेका छन् ।

त्यस्तै अभिनेता पल शाहले कोरोनाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकलाई पाँच लाख सहयोगको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पहिलो चरणमा नगद पाँच लाख रूपैयाँ सहयोग गर्ने घोषणा गर्दछु भनेर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्