गायक नवीन के.भट्टराईको “जाऊ तिमी“ सार्वजनिक



काठमाडौं–गायक नवीन के. भट्टराईको नयाँ गीतको म्युजिक भिडियो “जाऊ तिमी…“सार्वजनिक भएको छ ।

भट्टराईको १६ औ सङ्गह “३७“ मा सङ्ग्रहित यस गीतलाई बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । साइकाडेलिक रक जनराको यस गीतमा गायक स्वयंको सङ्गीत, सुयश भट्टराईको शब्द, विशाल पौडेलको सङ्गीत संयोजन रहेको छ ।

फुर्सद टिभी नेपाल नामक नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियोलाइ केली प्रोडक्सन अन्तर्गत नूप गिरिले बनाएका छन् भने छायाङ्कन अमेरिकामा गरिएको छ । आफ्नो अन्य गीत र भिडियोलाई जस्तै दर्शकश्रोताले यो गीतलाइृ पनि मन पराउने आशा नवीनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्