के बलिउड अभिनेत्री काजोल कोरोना संक्रमित भएकी हुन् त ?



एजेन्सी : विश्वभर कोरोना भाइरसको आतंक रहेको छ । यसबीच विभिन्न हल्ला पनि उत्तिकै चलिराखेका छन् । बलिउड अभिनेत्री काजोल र उनकी छोरी न्यासा कोरोना भाइरसबाट संक्रमित भएको खबर बाहिर आएको थियो ।

यो समाचार भाइरल भएसँगै अजय देवगनले प्रतिक्रिया दिएका छन् । उनले आफ्नी श्रीमती काजोल र छोरी न्यासा सुरक्षित र स्वस्थ रहेको बताएका छन् । उनले यसको जानकारी ट्वीट मार्फत दिएका हुन् ।

उनले यो हल्ला कहाँबाट कसले चलाएको त्योबारे आफु अनभिज्ञ रहेको बताएका छन् ।

उनले यी आधारहिन कुराप्रति विश्वास नगर्न समेत आग्रह गरेका छन् । भारतमा कोरोना भाइरसका कारण हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ भने १२५१ जना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्