हलिऊड अभिनेता ज्याकको कोरोनाका कारण मृत्यु



एजेन्सी– कोरोना भाइरसको संक्रमणबाट हलिउड अभिनेता एन्ड्रयु ज्याकको मृत्यु भएको छ ।

लण्डनको एक अस्पतालमा दुई दिनअघि उनको कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । ७६ वर्षीय ज्याकको बेलायतको सरेस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनका एजेन्ट जिलले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

अभिनेता एन्ड्रयु ज्याक ‘स्टार वार्स’ सिरिजको एपिसोड ८ मा अन्तिम जेडीको भूमिकामा देखिएका थिए । ज्याककि श्रीमति गैब्रिएला रोजर्स अष्ट्रेलियामा क्वारेन्टाइनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्