चीनमा कोरोनाबाट मृत्यु भएकाको सम्झनामा तीन मिनेट मौनधारण



बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु हुनेहरुको सम्झनामा तीन मिनेट मौनधारण गरिएको हो ।

साथै राष्ट्रिय शोकको रुपमा चीनमा दिवस मनाउँदै राष्ट्रिय झण्डा आधा झुकाइएको छ । यस्तै चीनमा मूलधारका पत्रपत्रिकाले पनि शोक मनाउँदै अनलाइन संस्करणको रंगलाई कालो र सेतो पारेका छन् । २०१९ को डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरस पहिलो पटक फैलिएको हो ।

प्रतिक्रिया दिनुहोस्