यू–१७ महिला फुटबल विश्व कप अनिश्चितकालका लागि स्थगित



काठमाडौं : भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्व कप स्थगित भएको छ । कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ ।

यो प्रतियोगिता नोभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो । यू– १७ महिला विश्वकपमा १६ टिम सहभागी हुनेछन् । यस्तै फिफाले यू–२० महिला विश्वकप पनि स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्