स्वर्गीय आमालाई सम्झिदै गायक रामकृष्ण ढकाल



काठमाडौं : विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट बच्न र बचाउनका लागि सरकारले देशैभर ‘लकडाउन’ गरेको छ । कोही पनि घर बाहिर निस्किन पाएका छैनन् । यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् ।

त्यस्तै नेपाल स्टार रियालिटी शोका जज रहेका गायक रामकृष्ण ढकाल पनि अहिले कोरोनाभाइरसका कारण घरमा लकडाउनको पालना गर्दै बसिरहेका छन् । ढकालले यो समयमा आफ्नी स्वर्गीय आमालाई खुब सम्झिएका छन् । आफ्नो पुरानो तस्वीर फेसबुकमा सेयर गर्दै लेख्छन्–‘आमाको साथमा म बसेको यो पुरानो फोटो पहिलो पटक फेसबुकमा राख्दैछु’

प्रतिक्रिया दिनुहोस्