भर्चुअल नाटक महोत्सवमा आज ‘दयालु रुख’



काठमाडौं : भर्चुअल नाटक महोत्सवमा आज (आइतबार) दयालु रुख देखाइँदै छ । ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत आज आकांक्षा कार्की निर्देशित नाटकलाई मञ्चन गर्न लागिएको हो ।

नाटक साँझ ५ बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत भिडियो प्रसारण हुनेछ । यस नाटकलाई कथाघेराको कौसी थिएटरमा देखइसकिएको छ । नाटकमा कविता र गीतहरुको प्रयोग गरिएको छ । थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले यस भर्चुअल महोत्सवलाई संयुक्त रुपमा आयोजना गरेका हुन् ।

नाटकमा इंगिहोपो कोइँच सुनुवार केन्द्रीय पात्रको रुपमा छन् भने सुम्निमा साम्पाङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, प्रयास राई, सलमान खान गुरुङ, आलोक थामी, आयान खड्कालाई पनि मञ्चमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्