‘आयांका फाउन्डेसन’द्वारा १ लाख सहयोग



काठमाडौं : कोरोनाभाइरस संक्रमणको डरका कारण यतिबेला देश लकडाउनमा छ । यस्तो बेला सडकमा रहने जनावरहरुले खान पाइरहेका छैनन् । सोहि जनावारको सहयोगका लागी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले सञ्चालन गरिरहेको ’आयांका फाउन्डेसन’द्वारा १ लाख सहयोग गर्ने भएका छन् ।

घर बाहिर छाडिएका पशुहरुको उचित व्यवस्थापन र खानपिनको लागी काम आयुष्मान जोशी र प्रियंका कार्कीले आर्थिक सहयोग गर्ने भएका छन् । ’वल्र्ड स्ट्रे एलिमल्स डे’ अर्थात ’विश्व आवारा जनावर दिवस’ पारेर आयंका फाउण्डेशन मार्फत नव विवाहित दम्पत्तीले उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

आयंका जोडीले ’एनिमल नेपाल’ नामक सस्थालाई एक लाख रुपैयाँ बराबरको चेक काटेका छन् । यो संगै एनिमल नेपालको ’एक कचौरा पानी, र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहनेछ प्रियंकाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्