अभिनेत्री पूजाद्वारा २ लाखको खाद्यन्न प्राविधिकको परिवारलाई सहयोग



काठमाडौं : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले नेपाल लकडाउनमा छ । लकडाउनका कारण श्रमिकहरको परिवारमा भने आर्थिक समस्या उत्पन्न भएको छ । यसको असर चलचित्र क्षेत्र, विशेष गरेर चलचित्र प्राविधिकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा परिरहेको छ ।

यसै कुरालाई मध्यनजर गर्दै प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेको छ । अहिले विभिन्न व्यक्तिबाट सहयोगका रकमहरु पनि जुटिरहेको छ ।

त्यस्तै अभिनेत्री पूजा शर्माले पनि २ लाख बराबरको खाद्यन्न प्राविधिकको परिवारलाई प्रदान गर्ने भएकी छन् । अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । आइतबारबाट प्राविधिकहरुको घर–घरमै राहत सामग्री पुर्याउने तयारी गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्