बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्ट भने नेगेटीभ



काठमाडौं : बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्ट भने नेगेटिभ आएको छ । तर, कनिकालाई अहिले नै डाक्टरले डिस्चार्ज भने दिने छैनन् । किनकी कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटिभ आउनुपर्छ ।

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको थियो । कनिकाले आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो । कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ । अव ४८ घण्टापछि फेरी अर्को परिक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्