श्रमजीवी चलचित्र पत्रकारका लागि राहत



काठमाडौं : कोरोनाभाइरस रोकथामका लागि नेपाल सरकारले देश लकडाउन गरेको आज १४औँ दिन पुगिसकेको छ । यसले आम मानिसको जनजीवन प्रभावित बनेको छ । यतिबेला बिभिन्न क्षेत्रका अग्रणी संस्थाले आफ्ना सदस्यहरुलाई राहत उपलब्ध गराउदै छन् । त्यस्तै चलचित्र पत्रकार संघ, नेपालले श्रमजीवी चलचित्र पत्रकारका लागि राहत बाड्ने भएको छ ।

शनिबार अनलाईन बसेको बैठकले कोरोना भाइरस ‘कोभिड–१९’का कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई संघले राहत बाड्ने निधो गरेको हो । समस्यामा परेका पत्रकारले संस्थाका पदाधिकारीहरुसँगको सम्पर्कमा राहत प्राप्त गर्न सकिने महासचिव समीर बलामीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ भने विश्वमा १२ लाख बढी मानिस यसको संक्रमणमा छन् । विश्वव्यापी कोरोनाका कारण ६९ हजारभन्दा बढिले ज्यान गुमाइसकेका छन् । साथै साढे २ लाखभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्