आज अभिनेत्री वर्षा सिवाकोटीको जन्मदिन, कति वर्ष लागिन् ?



काठमाडौं : आज (सोमबार) नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा सिवाकोटीको जन्मदिन परेको छ । अप्रिल ६, १९९३ मा पूर्व विराटनगरमा जन्मेकी सिवाकोटी आजबाट २६ औँ वर्ष पूरा गरि २७ औँ वर्षमा प्रवेश गरेकी छिन् । लकडाउनका कारण आजको जन्मदिन भने वर्षाले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छिन् ।

वर्षाले चलचित्र ’नाई नभन्नु ल २’ बाट नेपाली चलचित्रमा डेव्यू गरेकी हुन् । त्यसपछि ’कारखाना’, ’जय शम्भु’, ’भैरे ’र ’बिर विक्रम २’ जस्ता चर्चित चलचित्रहरुमा काम गरिसकेकी छिन् । उनको ’परदेशी २’ चलचित्र छायाँकनको क्रममा छ तर यतिबेला भने लकडाउनका कारण स्थगित छ ।

प्रतिक्रिया दिनुहोस्