अमेरिकन आइडलमा दिवेश शीर्ष २०मा पुग्न सफल



काठमाडौं : चर्चित साङ्गीतिक रियालिटी शो अमेरिकन आइडलको अडिसनमा दिवेश पोखरेलले प्रस्तुति दिएदेखि नै उनको चर्चा नेपालमा पनि निकै भइरहेको छ ।

अमेरिकन आइडलको १८ औँ संस्करणका लागि छनौट भएका दिवेश शीर्ष २० मा पुग्न सफल भएका छन् । आइतबार प्रसारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् ।

’अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतिमा जजबाट ’स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । यसपटक भने उनले लेजेन्डरी गायक बब मार्लीको गीत गाएका थिए । टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्