लकडाउनमा आफ्नो स्वर्गीय मातापिता स्मरण गर्दै अभिनेता हमाल



काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल लकडाउनमा छ । यस्तो अवस्थामा सर्वसाधरणदेखि सेलिव्रेटीहरू घरमै बसिरहेका छन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरू सेयर गदै आएका छन् ।

त्यस्तै नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल पनि विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको सदुपयोग गरौँ भन्दै, दिनदिनै कुनै न कुनै सामाग्री आफ्ना शुभचिन्तका लागि शेयर गदै आएका छन् ।

लकडाउन १३औ दिन भने हमालले आफ्ना स्वर्गीय मातापितालाई सम्झेका छन् । अभिनेता हमालले आइतबार आफ्ना दिवंगत आमाबुवालाई स्मरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा १४ वटा तस्बिर पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्