युएईमा कोरोना संक्रमित नेपालीको संख्या ११ पुग्यो



काठमाडौं : संयुक्त अरब इमिरेट्समा रहेका ११ नेपालीमा कोरोनाको संक्रमण भगएको छ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार आइतबार साँझसम्म कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको हो।

यसअघि दुई जना नेपाली उपचारपछि निको भएका छन्। बाँकी ९ जनाको अवस्था समान्य रहेको दूतावासले जनाएको छ। पछिल्लो समय युएईमा कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्