कोरोनाभाइरसः विश्वभर ४६ हजार भन्दा बढीको अवस्था गम्भीर



एजेन्सी– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ७२ हजार ६ सय ३६ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या १३ लाख १२ हजार ५ सय ८५ रहेको छ । यस्तै निको हुनेको संख्या २ लाख ७५ हजार ८७ रहेको छ ।

विश्वका २०६ देश र भूभगमा फैलिएको संक्रमित मध्य ४६ हजार २ सय १६ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ४९ हजार ९९२ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ३२७ छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा १ लाख ३५ हजार ३२ बढी संक्रमित रहेका छन् । १३ हजार १ सय ६९ बढीको मृत्यु भएको छ ।

जर्मनमा १ लाख १ हजार १ सय ७८ जना संक्रमित भएका छन् भने १ हजार ६ सय १२ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितको संख्या ८१ हजार ७ सय ८ पुगेको छ भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्