थप एक नेपालीमा कोरोना संक्रमण



काठमाडौं : कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।

कुवेतमा संक्रमित नेपालीको संख्या ३ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित ११२ जना नयाँ संक्रमितबारे जानकारी दिएको थियो । कुवेतमा संक्रमितको संख्या ८५५ पुगेको छ । जसमा ११ जना निको भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्नको लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्