कोरोना : अमेरिकामा एकैदिन १,८२७ को मृत्यु, २६ हजार ७ सय बढी संक्रमित



एजेन्सी : चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८२७ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ६६८ पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ७७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २७ हजार १०१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २२ हजार ३१४ जना उपचारपछि निको भएका छन् । ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको । ३ लाख ९० हजार ११९ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्