मैथिली साहित्य समाजको वार्षिकोत्सव



जनकपुरधाम : मैथिली साहित्य समाज जनकपुरधामले शनिबार पाँचौं वार्षिकोत्सव मनाएको छ । समाजका अध्यक्ष कवि काशिकान्त झाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वर्गद्वारी निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी पवन सिंघानियालाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि वैधनाथ झा (बैजू) ले दोसल्ला, सम्मान पत्र र पागले सिंघानियालाई सम्मान गरेका हुन् ।

 

यस्तै द नेपाल टप प्रदेश २ ब्युरो प्रमुख घनश्याम मिश्र, सञ्चारकर्मी दीपक कर्ण र युवा व्यवसायी प्रमोद चौधरी र अधिवक्ता श्याम मिश्रलाई पनि समाजले सम्मान गरेको छ । कार्यक्रममा साहित्यकार प्राध्यापक डा. राजेन्द्र विमल, साहित्यकार रेवतीरमन लाल, अयोध्यानाथ चौधरी, प्राध्यापक पशुपतिनाथ झा, साहित्यकार शीतल झा, पूर्वसांसद महेन्द्र मिश्रलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए । सो अवसरमा विभिन्न कविले कविता तथा गीत जगल प्रस्तुत गरेका थिए । 

 

प्रमुख अतिथि झाले मिथिला र मैथिलीको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समाजको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्