राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः श्रेष्ठ



काठमाडौं : राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्‍याउने निर्णय गरेको हो।

श्रेष्ठले सीईओ भएर ४ वर्षको कार्यकाल सकाएका थिए। उनलाई पुनः ४ वर्षका लागि नियुक्ती दिइएको वाणिज्य बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्