विश्वमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १ लाख



एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ९७ हजार ५६ पुगेको छ भने १६ लाख १९ हजार ६ सय १७ जना संक्रमित भएका छन् ।

विश्वको २ सय १० देश र भूभागमा फैलिएको कोरोना भाइरसका सबै भन्दा बढी अमेरिका प्रभवित भएको छ । पछिल्लो तथ्यांक अनुसार १६ हजार ६ सय ९७ जनाको मृत्यस भएको छ भने ४ लाख ६८ हजार ८ सय ९५ संक्रमत भएका छन् ।

त्यस्तै स्पेनमा १ लाख ५७ हजार २२ जना संक्रमित भएका छन् भने १५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ ।

इटालीमा १ लाख ४३ हजार ६ सय २६ संक्रमितहुँदा १८ हजार २ सय ७९ को मुत्यु भएको छ ।

यसबाहेक विश्वमा कोरोनाको कारण मृत्यु हुनेको संख्या यो भन्दा पनि धेरै हुन सक्छ तर अस्पताल भन्दा बाहिर भएको मृत्यु हुनेको संख्या जोडिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्