शीर्ष स्थानको युभेन्टस पर्मासँग बराबरीमा रोकियो



एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले पर्मासँग ३–३ गोलको बराबरी खेलेको छ । 

शनिबार राति युभेन्टसको घरेलु मैदानमा भएको खेलको ३६औं मिनेटमा रोनाल्डोले गोल गर्दै १–० को अग्रता दिलाए । ६२औं मिनेटमा ड्यानियल रुगानीले गोल गरेपछि युभेन्टस्ले २–० को अग्रता बनायो । 

त्यसको दुई मिनेटपछि पर्माका एन्टेनियो बारिल्लाले गोल गर्दै खेलमा २–१ को स्थिति बनाए । ६६औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–१ ले अघि बढाए । 

७४औं मिनेटमा पर्माका जेरभिन्होले गोल गर्दै खेलमा ३–२ बनाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जेरभिन्होले अर्को गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । 

बराबरीपछि शीर्षस्थानमा रहेको युभेन्टसको २२ खेलबाट ६० अंक पुगेको छ । पर्मा २९ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्