श्रीमतीसँग सामान्य विवाद भएपछि आफैंलाई गोली प्रहार



काठमाडौं : श्रीमतीसँग सामान्य विवाद भएपछि उदयपुरका एक युवकले आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन्।

 

आफैंमाथि गोली प्रहार गरेर उदयपुरको रौतामाई गाउँपालिका–५ रामाटेका ३८ वर्षीय नीरबहादुर राई गम्भीर घाइते भएका छन्।

 

उनलाई उचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उदयपुर प्रहरीले जनाएको छ।

 

राईको छातीमा ठूलो चोट लागेको छ। प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्