गौरीको प्रेममा पागल शाहरुख, गरेका थिए यस्ता हर्कत



एजेन्सी : शाहरुख खानको ‘लबस्टोरी’ बाट कोहि पनि मानिस अनभिज्ञ छैनन् । कसरी उनले गौरीलाई पाउनको लागि अनेक काण्ड मच्चाएका थिए । उनी गौरीको निकै नै दीवाना थिए ।

उनी गौरीलाई निकै प्रेम गर्थे । यति मात्र होइन गौरीले छोटो कपडा लगाएको समेत उनलाई मन पर्दैन थियो । शाहरुखलाई गौरीलाई बिहे गर्नु भनेको कुनै युद्ध जित्नु जस्तै थियो ।

गौरी हिन्दु–पञ्जाी परिवारकी थिइन् भने शाहरुख खान मुस्लिम परिवारका । गौरीको परिवार उनीहरुको सम्बन्धबाट कत्ति पनि खुशी थिएनन् । भनिन्छ शाहरुख गौरीको पछाििड लागेर मुम्बईसम्म पुगेका थिए ।

गौरीलाई पाउनको लागि निकै पापड बेलेका थिए । उनले गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुतेका थिए । र, अन्त्यमा यी दुइको बिहे भयो अहिले शाहरुख खान दुनियाँमा राज गर्न सफल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्