जमाती र जालिमको रहस्यपूर्ण ‘कनेक्शन’, ६ वटा जिल्ला हुँदै पुगेका थिए वीरगञ्ज



वीरगन्ज– भारतबाट नेपाल प्रवेश गरेका मुस्लिम धार्मिक सभामा सहभागि भारतीय जमातीमध्ये तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तीनै जनाको वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ । उनीहरू दिल्लीको निजामुद्दिन मर्कजमा सम्पन्न भएको तीनदिने आन्तर्राष्ट्रिय तबलीगी जमातमा सहभागि भएका हुन् वा होइनन् भन्नेबारे स्पष्ट हुन् सकेको छैन ।

डेढ साता अगाडि नेपाल प्रवेश गरेका भारतीय मुस्लिम धर्मप्रचारक (मौलाना) वीरगन्ज–२ छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा लुकेर बस्दै आएका थिए । वीरगन्ज–२ छपकैयामा रहेको मस्जिदमा आएर बसेकामध्ये केही जमातीलाई अत्याधिक ज्वरो तथा रुघाखोकीले च्यापेपछि बिहिबार दिउँसो वडा अध्यक्षको अगुवाईमा अस्पतालमा आएर चेकजाँच गराएका थिए ।

जसमध्ये बिहिबार नै तीनाको स्वाबः(रयाल) परिक्षणको लागि हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा पठाइएको थियो । हेटौँडाको प्रयोगशालाले तीन जनामै कोरोना पोजेटिभ रहेको पुष्टी शुक्रबार नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायलाई रिपोर्ट मार्फत जानकारी गराएका थिए ।

उनीहरूमा कोरोना पोजेभिट भेटिएपछि मेसुले छपकैया मस्जिदमा बसेका तीनै जनालाई वडा अध्यक्ष शेष अब्बास मार्फत बोलाएर अस्पतालको आइसोलेशन वार्डमा राखेका थिए । तीन जनामा कोरोना पोजेटिभ भेटिएपछि त्यसलाई रि–कन्फर्मरेशनका गर्न पुन अर्को परिक्षणको लागि स्वाबः टेकु स्थित शुक्रराज अस्पतालमा पठाएको थियो र आईतबार त्यसको रिपोर्ट सार्वजनिक हुँदै कोरोना पोजेटिभ भएको प्रमाणित भएको छ ।

भारतीय जमातीमा कोरोना पोजेटिभको आशंका बढेपछि शनिबार कोभिड– १९ रोकथाम तथा नियन्त्रण सुरक्षा समितिको आकस्मीक बसेको बैठकले जिल्ला भरीको मस्जिदमा अनुगमन गर्ने बारे बृहत छलफल भएको थियो । र शनिबार बेलुका प्रहरी उपरिक्षक गंगा पन्तकै नेतृत्वमा रहेको प्रहरी टोलीले जमातीहरू बसेका वीरगन्ज–२ छपकैया र घुसुकपुरको मस्जिदमा छापामारी नियन्त्रणमा लिएका थिए ।

उनीहरूलाई अहिले सिद्धार्थ स्कुलमा रहेको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पोजेटिभ तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा कडा निगरानीमा राखिएको छ । अहिले आइसोलेशन वार्डलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । उपचार गर्न जाने चिकित्सक समेत सावधानी पूर्वक उपचारमा लागेका छन् ।

विशेष श्रोतका अनुसार पर्सा, बारा, रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीलाई नेपाल प्रवेश गराइएको हो । सुरक्षाकर्मीहरूले उनीहरूको खोजी शुरु गरेको श्रोतले जनाएको छ । पर्सा र बारा जिल्लाबाट हालसम्म ७९ जना जमातीलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखि सकेको छ ।

पर्सा जिल्लामा ५९ जना जमातीलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । जिल्लाको जगरनागपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको संरक्षणमा रहेका १५ जना जमातीलाई गत चैत २० गते प्रहरीले उनकै गाउँको एक मस्जिदबाट नियन्त्रणमा लिएको थियो । त्यसैगरी चैत १९ गते पर्टेवा सुगौली गाउँपालिका स्थित एक मस्जिदमा लुकेर बसेका ११ जना जमातीलाई प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको थियो ।

जालिमको संरक्षणमा रहेको जमातीलाई नियन्त्रणमा लिन पुगेका प्रहरी र जालिमबीच विवाद समेत भएको थियो । प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा जालिम मियाँले नै नियन्त्रणमा लिन दिएका थिएनन् । उल्टै प्रहरीमाथि नै जाई लागेका मियाँले अन्त्यमा प्रहरीसँग ब्लाकमेलिङ्ग गरेर आफनै गाडीमा पठाउँने अडान लिएका थिए । जालिमले राखेको सर्तमा नै १५ जना जमातीलाई मियाँ चढ्ने गाउँपालिकाको सरकारी गाडी र एम्बुलेन्समा राखेर वीरगन्जको सिद्धार्थ स्कुलमा रहेको क्वारेन्टाईनमा पठाएका थिए ।

प्रदेश २ मा नेपाल प्रवेश गराइएका जमातीमध्ये अधिकांश भारतीय नागरिक छन् । केहि इन्डोनेशियाका र पाकिस्तानी समेत भएको सुरक्षा स्रोतले जनाएको छ ।

भारतमा कोरोना संक्रमित प्रवेश गराउने षडयन्त्र गरेको आरोपसहित भारतीय मिडियामा अत्यन्तै प्रचारित जालिम मुखियाले लकडाउनका बेलामा नेपालमा गैर नेपालीलाई प्रवेश किन गराए भन्ने कुरा अहिले धेरैको चासो बिषय बनेको छ ।

उनले नेपालमा प्रवेश गराएर विभिन्न मस्जिद र घरमा राखेकाहरू कोरोना संक्रमित पाइदा यो समग्र प्रक्रियामा उनको भूमिका शंकास्पद पाइएको विरगन्जका एक स्थानियले बताएका छन् ।

सुरक्षाकर्मी पनि यो समग्र प्रक्रियामा जालिम मुखिया, महानगरपालिका र विन्दवासी गाउँपालिकाका एक मुस्लिम महिला वडा अध्यक्षकोे भूमिकालाई लिएर अनुसन्धानमा जुटेको श्रोतले जनाएको छ ।

मोरङ्गहुँदै रौतहटसम्मको मस्जिदमा पुगेका जमातीलाई अध्यक्ष मियाँले नै पर्साको जगरनाथपुर गाउँपालिकामा रहेको मस्जिदमा धर्म प्रचारको लागि बोलाएका थिए । जमातीहरू जगरथपुरबाट विन्दवासनी गाउँपालिकाको झौवा, अमरपट्टी लगायतहुँदै छपकैया स्थित मस्जिदमा पुगेका थिए ।

भारतीय संचारमाध्यमले जालिम मुखियाको गतिविधि बारे समाचार खुलासा गरेपछि अहिले ४७ वीं बाहिनी बटालियन, सीमा सुरक्षा बल पनटोका, रामगढवाले पर्सा जिल्ला संग जोडिएको सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सीमा क्षेत्रमा खटाईएको सयौंको संख्यामा सीमा सुरक्षा बल एसएसबीको टोलीले सीमा क्षेत्रमा कडाईका साथ साथ शंकास्पद व्यक्तिहरु माथि निगरानी समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्