कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई होटलमै बस्ने व्यवस्था



वीरगन्ज : वीरगन्जमा तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण पुष्टि भएसगै कोरोना उपचारमा खटिने चिकित्सक, नर्स र पारामेडिकल स्टाफहरुको लागि छुट्टै बस्ने ब्यवस्था अस्पतालले मिलाएको छ ।

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स र पारामेडिकल स्टाफहरुको स्वास्थ्य र परिवारको सुरक्षालाई मध्यनजर गर्दै उनीहरुको लागि आज देखि छुट्टै बास बस्ने ब्यवस्था मिलाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए ।

महानगरपालिकाले उपलब्ध गराएको आदर्शनगरस्थित रहेको कन्ट्री इन होटलमा बस्ने सम्पूर्ण ब्यवस्था मिलाइएको उनले बताए ।

होटलमा बस्नको लागि आवश्यक तयारी बारे मेसु उपाध्याय सहित वीरगन्ज महानगरपालिकाका निमित्त अधिकृत अरुण कुमार महतो, अस्पतालका बरिष्ठ चिकित्सक डा. बिरिन्द्र प्रधान, उदय नारायण सिंहले अवलोकन समेत गरेका छन् ।

केहि दिन अगाडी वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकले स्वस्थ्यकर्मी डाक्टर, नर्स, पारामेडिकल स्टाफहरुको लागी सुरक्षीत क्वारेन्टिनको व्यवस्था गर्नका लागि घर तथा होटल भाडामा उपलव्ध गराउन सार्वजनिक अपिल गरेका थिए ।

नगरप्रमुख सरवागीको विशेष पहलमा आजदेखी कन्ट्री इन होटलका सचालक हरि पन्तले अस्पताललाई जिम्मामा लगाएका छन् ।

आफ्नै जीवन जोखिममा पारेर कोरोना संक्रमित तथा कोरोना शकास्पदको उपचारमा भगवानको सेवा गरे झै कर्मलाइ नै आफ्नो जीवन मानेर उपचार गर्न उनले मेडिकल डिमलाइ आग्रह गरे ।

उनले भने, ‘कर्मलाई नै जीवन मानेर आफ्नो घर , परिवार र बाल बच्चा लाई माया गर्दै घर जान असमर्थ छन् । मलाई गर्व छ । आवश्यकता पर्दा म र मेरो होटल देश मधेश र महानगर लाई काम आएँ । जय देश जय मधेश ।’

प्रतिक्रिया दिनुहोस्