कोरोना : भारतमा ९ हजार भन्दा बढी संक्रमित, ३०८ जनाको मृत्यु



काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय भन्दा बढी भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट ३०८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ हजार भन्दा धेरै रहेको छ ।

अहिलेसम्म ९ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८५६ जनामा संक्रमण निको भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी संक्रमित हुनेहरु महाराष्ट्रमा रहेका छन् । अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या १९ सय ८५ पुगेको छ ।

यस्तै महाराष्ट्रमा मृत्यु हुनेको संख्या १४९ रहेको छ । दिल्लीमा ११ सय ५४, तमिलनाडुमा एक हजार ४३ र राजस्थानमा ८०४ जनामा कोरोना भाइरस संक्रमणको पुुष्टि भएको छ ।

यसैबिच मुम्बईको धारावीको सुकुम्बासी बस्तीमा संक्रमितको संख्या ४७ पुगेको छ । त्यहाँका एक व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्