लकडाउन उल्लंघन गर्ने ६ जनामाथि गोली प्रहार



काठमाडौं : अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्न दिइएको आदेश उल्लंघन गर्दै पार्टीको आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ ।

शुक्रबार राति बेकर्सफिल्डको एक अपार्टमेन्टमा ती ६ जनामाथि गोली चलाइएको स्थानीय शेरिफ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली हानिएकाहरु ४ महिला १ पुरुष र १ किशोरी रहेका छन् । उनीहरुमाथि ज्यान नजाने गरि गोली हानिएको छ । क्यालिफोर्नियामा प्रतिबन्ध लगाइएको भए पनि गएको महिनादेखि नै उल्लंघनका घटनाहरु भइरहेका छन् ।

क्यालिफोर्निया अमेरिकाको अत्यन्तै प्रभावित क्षेत्रमध्ये पर्दछ । पछिल्लो तथ्यांक अनुसार क्यालिफोर्नियामा २१ हजार ७९४ संक्रमित देखा परेका छन् भने ६५१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्