फ्रान्समा मे ११ सम्म ‘लकडाउन’



फ्रान्स : फ्रान्स सरकारले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको दोस्रो हप्तासम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएका हुन् ।

उनले जनअपेक्षा अनुरुप नै लकडाउन लम्ब्याउने निर्णय गरेको बताए ।

फ्रान्समा गत २४ घण्टामा ५ सय ७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या फ्रान्समा करिब १५ हजार पुगेको छ भने ४ हजार १ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

टेलिभिजन सम्बोधनको क्रममा कोरोनाविरुद्ध लड्नका लागि फ्रान्ससँग पूर्वतयारी नभएको स्वीकार राष्ट्रपति म्याक्रोनले भने–‘अन्य देशहरुमा जस्तै हामीसँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव थियो । धेरै स्थानका अस्पतालहरुमा अझैसम्म पनि अभाव छ ।’
११ मे पछि स्कुलहरु खोल्न सकिने उनको भनाइ छ ।

फ्रान्सको सिमाना गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने छ ।

प्रतिक्रिया दिनुहोस्