कोरोनाभाइरसको त्रासकाबीच दक्षिण कोरियामा हुँदैछ चुनाव



एजेन्सी– शुक्रबार जब दक्षिण कोरियाका राष्ट्रपति मून जे इन भोट हाल्नको लागि गए तब उनले माक्स लगाएका थिए । उनको शरिरको तापक्रम लिएपछि मात्रै उनलाई भोट हाल्न दिइएको थियो । भोट हाल्नुभन्दा अगाडि उनले आफ्नो हात धोए र प्लास्टिकको पञ्जा लगाए ।

कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेला संसदीय निर्वाचन गर्ने दक्षिण कारिया विश्वको एकमात्र देश हो । मतदाताहरू निर्वाचन स्थल पुगेपछि उनीहरूको शरीरको तापक्रम लिइने गरेको छ । यदि कुनै मतदाताको तापक्रम ९९.५ डिग्री भन्दामाथि छ भने उनीहरूलाई दोस्रो ठाउँमा भोट हाल्नको लागि लगिन्छ। उनीहरूको कोरोनाको परीक्षण हुन्छ र पुरै मतदान केन्द्रलाई डिसइन्फेक्ट गरिने गरेको छ ।

दक्षिण कोरियामा १५ अप्रिलमा निर्वाचन हुँदैछ र सन् २०१३ बाट केही दिन अगाडिदेखि नै मतदान गर्ने गरिएको छ । सबै मतदातालाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले सो लागू गरिएको थियो ।

यसैकारणले देशभर तीन हजार ५ सय निर्वाचन केन्द्र बनाइएको छ । केही विश्लेषकहरूले कोरोनाको कारण निर्वाचन सफल नहुने आकंलन गरेका थिए । तर त्यसको विपरित भएको छ । कुल मतदाता मध्ये २६.७ प्रतिशतले मतदान गरिसेका छन् जुन २०१६मा भएको निर्वाचनको भन्दा दुई गुण धेरै हो । त्यो बेलामा चुनावको शुरुवातको मतदान १२.२ प्रतिशत मात्र रहेको थियो ।

कोरोना भाइरसले विश्वभरको राजनितिक पात्रो अस्तव्यस्त पारेको छ । तर पनि दक्षिण कोरियाले जोखिमकाबीच पनि निर्वाचन गर्ने फैसला गरेको हो । मानिसहरू जम्म हुने प्रतिबन्धकाबीच दक्षिण कारियाको सरकारले आफ्नो ४ करोड ४० लाख मतदातालाई आश्वस्त गरेको छ कि उनीहरूलाई घरबाट निस्केर मतदान गर्न पुरै सुरक्षित छ ।

चुनाव पक्रिया सफल बनाउनको लागि दक्षिण कोरियाको सरकारले सरकारी कर्मचारी बाहेक युवाहरूलाई पनि स्वयमसेवकको रुपमा लिएको छ । उनीहरूले देशभरको मतदान केन्द्रलाई रोगाणुमुक्त गरेका छन् भने निवर्चन स्थलमा ३ फिटको दुरी पनि कायम गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्