विश्वमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो



काठमाडौं : पछिल्लो समय विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढिरहेको छ। यो समाचार तयार पार्दासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ८११ जनाको मृत्यु भएको छ ।

विश्वभरी २० लाख ४ हजार ३३८ जना संक्रमित भएका छन् भने भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१० देशमा पुगेको छ ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । अमेरिकामा अहिले सम्म २६ हजार ६४ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या मात्र हैन संक्रमितको संख्यामा पनि पहिलो नम्बरमा छ। अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा ६ लाख १४ हजार २४६ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ६२ हजार ४८८ रहेको बेलामा स्पेनमा भने एक लाख ७४ हजार ६० रहेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार २५५ रहेकाले कोरोनाका कारण मानवीय क्षती धेरे बेहोर्नेमा स्पेन तेस्रोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्