लागुऔषधसहित युवक पक्राउ



विराटनगर : विराटनगर महानगरपालिका–१५ बाबा सिनेमा हलनजिकबाट प्रहरीले आइतबार राति लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलले सुनसरीको धरान उपमहानगरपालिका–३ का २३ वर्षीय प्रज्वल ताम्राकारलाई पक्राउ गरेको हो । ताम्राकारका साथबाट १५ एम्पुल एभिल, १५ एम्पुल डाइजेल्याब, १५ एम्पुल जुपिजेसिक र चार एम्पुल फेनारगन बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्