कारोना : स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाए



एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ ।

स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्