सीमामा २१ स्थानमा सशस्त्र प्रहरी राखिने



पाँचथर : प्रदेश नं. १ र चीन तथा भारतका सीमा जोडिएका २१ स्थानमा सशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा उनले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न सशस्त्र प्रहरी पाेस्ट राख्न लागिएकाे बताए । 

 

यसका लागि १७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइसकेको उनले जानकारी दिए। भर्खरै बसेको प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी पोस्ट राख्न सम्बन्धित निकायलाई अख्तियारीसमेत दिएको उनले बताए ।

 

यसबाट सीमा क्षेत्रका नागरिकको सुरक्षाका साथै वन्यजन्तु तथा जडिबुटी चोरी निकासी रोक्न सहयोग पुग्ने मन्त्री आङ्बोकाे भनाइ थियाे । सीमा क्षेत्रमा समस्या भए त्यसलाई राजनीतिक विषय बनाउन नहुने तर समस्या देखिए दुवै देशका प्रतिनिधि बसेर समस्या समाधान गरिने उनकाे भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्