त्यो ६ दिन… जसले मानव सभ्यता नै संकटमा पार्‍यो



काठमाडौं : चिनियाँ उच्च अधिकारीहरुले महामारी फैलिएको थाहा पाएको छैठौं दिनमा नयाँ वर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरियो जसमा हजारौं शहरवासीहरुले भाग लिएका थिए ।

त्यसको भोली पल्ट मात्रै जनवरी २० मा राष्ट्रपति सी जिनपिङले महामारी फैलिएको सार्वजनिक गरे । विश्व प्रतिष्ठित समाचार एजेन्सी एपीले प्राप्त गरेको एक गोप्य दस्तावेज अनुसार सीले महामारीको बारेमा सार्वजनिक गरुञ्जेलसम्म ३ हजार जनाभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा आइसकेका थिए ।

जनवरी १४ देखी जनवरी २० सम्मको ६ दिनको ढिलाई कुनै देशले गरेकोे पहिलो गल्ती भने होइन् । विश्वका अन्य देशहरुले पनि यसरी नै गल्ती गरे । कतिले हप्तौ अथवा कतिले महिनौसम्म ढिलाई गरे ।

तर पहिलो पटक भाइरस देखिएको देशले ढिलाई गर्नुले गम्भीर अर्थ राख्दछ । चीनको त्यो ६ दिनको ढिलाईले आज विश्वभर २० लाखभन्दा व्यक्तिहरुमा संक्रमण देखिएको छ भने १ लाख २६ हजारभन्दा बढीले मृत्युवरण गरिसकेका छन् ।

क्लालिफोर्निया विश्वविद्यालयका महामारी विज्ञ डा. जुओ फेङ झाङले यसलाई गम्भीर गल्ती भएको बताएका छन् । चीनले ६ दिन अगावै कदम चालेको भए संक्रमण थोरैमा मात्र सिमित हुने उनको भनाइ छ ।

नेतृत्वतहले गरेको ६ दिनको ढिलाईलाई झन् लम्ब्याउँदै राष्ट्रिय रोग नियन्त्रण केन्द्रले १२ दिनसम्म कुनै पनि संक्रमणको घटना दर्ता नै गरेन् जब कि जनवरी ५ देखी १७ को बीचमा वुहानका अस्पतालहरुमा हजारौं संक्रमति भर्ना भइसकेका थिए ।

चीनमा सूचनाको पूर्ण नियन्त्रण गरिने परिपाटी र खराब समाचार बाहिर ल्याउने नचाहने प्रवृतिले गर्दा महामारीका सबै चेतावनीहरुलाई वेवास्ता गरियो । जसको दुष्परिणाम पुरा विश्वले भोगिरहेको छ ।

जनवरी १३ मा थाइल्याण्डमा देशबाहिर पहिलो पटक संक्रमण देखिएपछि मात्र चिनियाँ अधिकारीहरुको चेत खुल्यो ।

यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले चीनमाथि महामारी लुकाउन खोजेको र अपारदर्शिताको आरोप आधारहिन बताएका छन् ।

तर, एपीले राष्ट्रिय स्वास्थ्य आयोगले जनवरी १५ मा प्रान्तीय स्वास्थ्य अधिकारीहरुलाई पठाएको एक गोप्य निर्देशिका भेटाएको छ जसमा महामारीको प्रभावलाई निकै कम गरी आंकलन गरिएको छ । उक्त निर्देशिकामा कोरोनाभाइरस मानवबाट मानवमा सर्ने सम्भावना न्यून रहेको बताइएको थियो ।

राष्ट्रपति सि जिनपिङले जनवरी २० मा मात्र महामारीलाई गम्भीरता पूर्वक लिन पहिलोपल्ट सावर्जनिक प्रतिक्रिया दिएका थिए । तर, यतिञ्जेलसम्म वुहान महामारीको इपिसेन्टर बनिसकेको थियो भने महामारीले पूरा विश्वलाई चपेटा लिसकेका थियो ।

प्रतिक्रिया दिनुहोस्