कोराना : बेलायतमा फेरि एक नेपालीको मृत्यु



काठमाडौं : बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ ।

उनीसँगै पल्टनमा काम गरेका भूपू गोरखा सैनिक भोज बरालका अनुसार लण्डनको प्लमस्टिडमा अन्दाजी ५५ वर्षिय लक्ष्मण श्रेष्ठको उपचारको क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको हो ।
स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ अहिले लण्डनमा थिए ।
उनी २ हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका थिए । उनलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार भएको थिएन ।

अहिलेसम्म सार्वजनिक भए अनुसार कोरोनाकै कारण बेलायतमा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । ती मध्ये ७ जना पूर्व गोरखा सैनिक हुन् ।

प्रतिक्रिया दिनुहोस्