महाराजगञ्जका डीएसपी लम्साललाई जिम्मेवारबाट हटाइयो



काठमाडौं : महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानविनका लागि रानीपोखरी बोलाइएको बताए ।

बुधबार साँझ भएको घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो ।

तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्