निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न



धादिङ : धादिङ जिल्लाको थाक्रे गाउँपलिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य शिविर मानसिक एवम् मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपाल, थाक्रे गाउँपालिका र मनोरोग उपचार केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

शिविरमा मनोचिकित्सक डा. पुष्प प्रसाद शर्मा र मनोविद् गोपाल ढकालले बिरामीहरुलाई सेवा प्रदान गरेका थिए ।

शिविरमा बिरामीहरुको चेकजाँच, मनोपरामर्श सेवा तथा निशुल्क औषधिसमेत बितरण गरिएको थियो । शिविरबाट एक सय ११ जनाले सेवा लिएका मनोविद् गोपाल ढकालले जानकारी दिएका छन् ।

शिबिरमा उपस्थित धेरै बिरामी कडा खालको मानसिक रोगी भएको मनोबिद् ढकालले बताए ।

थाक्रे गाउँपालिकामा आत्महत्याका घटनाहरु बढ्दै गएकोमा गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतिले चिन्ता ब्यक्त गरिन् ।

स्थानीय निकायहरुले बाटोघाटो , बिजुली पानीमा मात्र ध्यान दिएर नहुने जनताको मानसिक स्वास्थ्यमा पनि त्यति नै ध्यान दिनु पर्ने बेला आएको गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले बताए ।

थाक्रे गाउँपलिकामा यसभन्दा अगाडि पनि मानसिक स्वास्थ्यसम्बन्धि चेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

थाक्रे गाउँपालिकाको सडकबाट यसभन्दा अगाडि पनि एक जना मनोरोगीको उद्दार गरेर उपचार भैरहेको छ । उनमा स्वास्थ्य उल्लेखनीय सुधार भइरहेको मनोविद् ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्