धरानका हेल्थ असिस्टेण्टलाई हातपात गर्ने प्रहरीमाथि हानद्वारा कारबाहीको माग



काठमाडौं : हेल्थ असिस्टेण्ट संघ नेपाल (हान) ले धरान उपमहानगरपालिकास्थित विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्टलाई हातपात र लाठीचार्ज गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको छ।

स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा असिस्टेण्ट चन्द्र प्रकाश खनाललाई हातपात गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको उपचारमा खटिएका खनालले आफ्नो परिचय खुलाउँदा पनि प्रहरीले हातपात गरेको भन्दै हानले दोषि प्रहरीमाथि कारबाहीको माग गरेको छ।

हानले स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षालाई प्राथमिकता दिन, स्वास्थ्य प्राविधिकहरुको आवतजावतलाई सहजीकरण गर्न सरकारसँग माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्