विश्वमा कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो, कतिको मृत्यु?



काठमाडौं : पछिल्लो समय विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढिरहेको छ। यो समाचार तयार पार्दासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ९८५ जनाको मृत्यु भएको छ।

विश्वभरी २१ लाख ७ हजार ४४२ जना संक्रमित भएका छन् भने ५ लाख २५ हजार ४३९ जना निको भएर घर फर्किएका छन। भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१० देशमा पुगेको छ ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । अमेरिकामा अहिले सम्म २८ हजार ५७७ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या मात्र हैन संक्रमितको संख्यामा पनि पहिलो नम्बरमा छ। अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा ६ लाख ४४ हजार ८१५ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा २१ हजार ६४५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ६५ हजार १५५ रहेको बेलामा स्पेनमा भने एक लाख ८२ हजार ११६ रहेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार ११६ रहेकाले कोरोनाका कारण मानवीय क्षती धेरे बेहोर्नेमा स्पेन तेस्रोमा रहेको छ । त्यस्तै फ्रान्समा अहिलेसम्म १७ हजार १६७ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ४७ हजार ८६३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्