नेपाल अाज अन्तिम खेलमा सिंगापुरसँग खेल्दै



काठमाडौं–मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जित्ने लक्षसहित नेपाल मैदानमा उत्रदै छ । नेपालले आफ्नो अन्तिम खेलमा आज सिंगापुरको सामना गर्न लागेको हो । 

 

नेपाल र सिंगापुर दुवै प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन् । नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे हुनेछ । 

 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने खेलमा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ । अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्