स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ग-यो तीन कम्पनीसँग सम्झौता



काठमाडौं : सरकारले कोरोनाभाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग आज (शुक्रबार) सम्झौता गरेको छ ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता रद्द स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले आज तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेका हुन् ।

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी सम्झौता भएको हो ।

विभागले करिब ३० कडोर रुपैयाँ बराबरको मेडिकल सामान खरिदका लागि तीन कम्पनीसँग सम्झौता गरेको हो । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन् ।

सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा पाँच वटा कम्पनीले चासो देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्