क–कसले पाउँनेछन् अमिताभ बच्चनको अर्बौं सम्पत्ति ?



एजेन्सी : धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

बलिउड उद्योगमा फिल्मलाई मात्र होइन अमिताभ बच्चनले आफ्नो पारिवारिक स्थितिलाई पनि निकै उदाहरणीय तवरले सम्हालेर रोखेका छन् ।

उनी लैङ्गीक समानता पक्षधर हुन् भन्ने कुरा उनले ‘रियल’ र ‘रिल’ दुवै जीन्दगीमा प्रमाणित गरेका छन् । उनीे आफ्नो सम्पत्तिको हकदार पनि छोरा र छोरी दुवैलाई बराबर मान्छन् ।

उनले आफ्नो सम्पत्ति अभिषेक र श्वेतालाई बराबर बाडिँदिने घोषणा समेत गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो कुरा सार्वजनिक गरेका थिए।

ट्विटरमा उनले भनेका थिए, ‘जब म मर्नेछु र जे–जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बराबर बाडिँनेछ ।’

प्रतिक्रिया दिनुहोस्