कैलालीको ५ कोरोना संक्रमित मध्ये १ जनाको दोस्रो रिपोर्ट नेगेटिभ



धनगढी : कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमित मध्ये ४ जनाको कोरोना रिपोर्ट पुन: पोजेटिभ आएको छ भने १ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा.जगदिश जोशीका अनुसार लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

धनगढी उप-महानगरपालिका ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ कि ६५ वर्षीय महिलाको रिपोर्ट भने पुनः स्पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्