निजी प्रयोजनको लागि सरकारी सवारी साधन दुरुपयोग गर्ने पक्राउ



वीरगन्ज : लकडाउनमा सरकारी सवारी साधन दुरुपयोग गर्ने पर्साको पोखरीया नगरपालिकाको एकजना वडा अध्यक्षका छोरा वीरगन्जमा पक्राउ परेका छन् ।

वीरगन्जको घण्टाघर चोकमा चेकजाँच गर्ने क्रममा पोखरीया नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अजय साह कलवारको छोराले सरकारी ना १ ब ३७६६ नम्बरको मोटरसाईकल दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।

लकडाउनले प्रभावित जनताको राहतमा स्थानिय सरकार र जनप्रतिनिधिहरुको ध्यान गईरहेको छैन तर पद र सरकारी सवारी साधनको दुरुपयोग गरेर लकडाउनको उलंघन गरी पोखरीया नगरपालिकाबाट आफनो निजि प्रयोगको लागि वीरगन्ज आएको बेला प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएको मोटरसाईकल आवश्यक कारवाहीको लागि घण्टाघर स्थित विपी उद्यानको खाली ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको मोटरसाईकल लकडाउन पछि छाड्ने पर्साका प्रहरी नायब उपरिक्षक गौत्तम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्