काठमाडौंको गुहेश्वरीमा कुहिएको अवस्थामा बोराभित्र युवकको शव



काठमाडौं : काठमाडौंको गुहेश्वरीमा कुहिएको अवस्थामा युवकको शव भेटिएको छ ।

आइतबार साँझ गुहेश्वरीको बागमती प्रशोधन केन्द्र नजिकै बोराभित्र एक युवकको शव भेटिएको हो ।

उक्त स्थानमा स्थानीयले गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले बोराभित्र राखेको शव फेला पारेको थियो ।

डीएसपी प्रदिप कुमार सिंहका अनुसार स्थानीयले गन्हाएको भनेपछि घटनास्थलमा पुग्दा कुहिएको अवस्थामा युवकको शव फेला परेको थियो ।

प्रहरीले शवको पहिचान हुन नसकेको र अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्